२०७९ - जेष्ठ - ०२ | सोमबार

प्रचण्डको मुद्दा

प्रचण्डको मुद्दा फेरि संयुक्त इजलासमै फर्काइयो 

लेक्स नेपाल  |
पुष २९, २०७८
746 Shares

पुष २९, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टी बाट निर्वाचि भएर अर्को पार्टीमा समेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गर्नका लागि सर्वोच्च अदालतमा  दायर गरिएको रिठ निवेदन  आज फेरि संयुक्त इजलासमा फर्काइएको छ । 

सर्वोच्च अदालतमा सोहि रिठ निवेदन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो ।

नेकपा माओवादी केन्द्रकाबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । 

रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासले पूर्ण इजलासमा पठाएको थियो । सोही अनुसार सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ भइ उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको हो ।
 

लेक्स नेपाल

थप समाचार