२०७८ - माघ - ०५ | बुधबार

मुद्दाको सुनुवाइ 

प्रचण्डको मुद्दामा आज बल्ल सुनुवाइ 

लेक्स नेपाल  |
पुष २९, २०७८
476 Shares

पुष २९, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टी बाट निर्वाचि भएर अर्को पार्टीमा समेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गर्नका लागि सर्वोच्च अदालतमा  दायर गरिएको रिठ निवेदनमाथि आज सुनुवाइ हुँदैछ  । 

सर्वोच्च अदालतमा सोहि रिठ निवेदन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको हो ।

नेकपा माओवादी केन्द्रकाबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । 

सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा सो मुद्दाको पेसी तोकिएको छ । 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८