२०७८ - श्रावण - १८ | सोमबार

संसद् विघटन प्रकरण

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी

लेक्स नेपाल  |
असार १०, २०७८
374 Shares

असार १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाई जारी छ । बिहीबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई  जारी रहेको हो । 

कांग्रेस सभापति शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको तर्फबाट बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले बहस शुरु गरेका छन् । विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको रिटमा बुधवार ५ जना कानुन व्यवसायीले बहस गरे ।  बरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्ब बहादुर खाती र गोविन्द शर्मा बन्दीले ४ घण्टा बहस गरेका थिए । 

बिहिबार बरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमन कुमार श्रेष्ठ, शेर बहादुर केसी, अधिवक्ता डा. दिनमणी पोखरेल, बरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्की लगायतले बहस गर्दैछन् ।
 

लेक्स नेपाल

थप समाचार