२०७८ - मंसिर - १२ | आईतवार

संसद् विघटन प्रकरण

प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासबाट आजदेखि निरन्तर सुनुवाई

लेक्स नेपाल  |
असार ०९, २०७८
732 Shares

असार ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा गरेको प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आजबाट निरन्तर सुनुवाई शुरु हुने भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशको ले गत जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए । विघटनको मुद्धाको सुनुवाइ प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको बेञ्चबाट हुने भएको हो ।

विघटन विरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको समेत माग गरेका छन् । 

संवैधानिक इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । बुधबारबाट शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको रिटमा सुनुवाई हुनेछ ।  निरन्तर सुनुवाई शुरु भएपछि कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।

रिट, निवेदक तर्फका कानुन ब्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ ।  एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ । 
 

लेक्स नेपाल

थप समाचार