२०७८ - मंसिर - १२ | आईतवार

संसद् विघटन प्रकरण

प्रतिनिधिसभा विघटनको मुद्धामा सुनुवाइ जारी 

लेक्स नेपाल  |
असार ०९, २०७८
560 Shares

प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो । 

यसअघि जेठ २६ मा उक्त इजलासले बुधबारबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेको थिए । शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको रिटमा सुनुवाई शुरु भएको हो । 

प्रतिनिभिसभा विघटन बिरुद्ध सर्वोच्चमा ३० वटा रिट दायर भएका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् । निवदेक शेरबहादुर देउवा लगायतको मुद्धामा आजको सुनुवाइ सुरु भएको हो ।
 

लेक्स नेपाल

थप समाचार