२०७८ - माघ - ०५ | बुधबार

प्रधानन्यायाधीश् चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुँगानाको इजलासमा सुनुवाई

प्रधानमन्त्री ओलीको मन्त्री परिषद् पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ हुँदै

लेक्स नेपाल  |
असार ०८, २०७८
740 Shares

असार ८, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्री परिषद् पुनर्गठनउपर परेको रिटमा सर्वोच्चले सुनुवाइ गरिरहेको छ । रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा विपक्षीबाट लिखित जवाफ मगाएपछि मंगलबार अदालतले सुनुवाइ गर्न लागेको हो । प्रधानन्यायाधीश् चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुँगानाको इजलासमा सुनुवाई भइ रहेको छ । 

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता त्रिपाठी सहित नौजनाले रिट दायर गरेका थिए । सर्वोच्चले रिट निवेदक र विपक्षीलाई दुवैलाई छलफलका लागि बोलाएको छ । 

इजलासले मन्त्रिपरिषद विस्तारबारे अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्नेछ । सर्वोच्चले अन्तरिम आदेश गरेमा पुनर्गठित मन्त्रिपरिषद्ले मान्यता प्राप्त गर्ने छैन । 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८