२०७८ - माघ - ०५ | बुधबार

सम्पति शुद्धीकरण अनुसन्धान विभाग

प्रधानन्यायाधीशको परिवार र नजिकका नातेदारको सम्पति छानबिन गर्न अधिकृत तोकियो

लेक्स नेपाल  |
पुष १६, २०७८
414 Shares

पुष १६, काठमार्डौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाको परिवार र नजिकका नातेदारको नाममा रहेको सम्पति छानबिनका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अधिकृत तोकेको छ । 

विभागले सम्पति छानबिनका लागि उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन अघि बढाएको विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले बताएका हुन् । उक्त अधिकृत लाई प्रारम्भिक सुचना संकलन देखि अन्य कामको जिम्मा दिएको छ । 

उनले भने, ‘‘प्रधानन्यायाधीश जबराको परिवार र उहाँका आफन्तको सम्पति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्ने र अनुसन्धानले जे देखाउँछ सोहि अनुसार अघि बढ्ने” बताए । 

विभागमा पुष ११ गते दर्ता गरिएको उजुरीमा चोलेन्द्र शमशेर आफु  विशेष अदालतको न्यायाधीश हुँदा राणाले अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा(क्षेत्रींं) मार्फत् २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कित्ता नम्बर ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको पनि उजुरीमा दाबी गरिएको छ। 

विभागले अनुसन्धान अधिकृतलाई काम जिम्मा दिए सँगै सम्पति छानबिन गर्न पनि सुरु भएको छ । 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८