२०७८ - माघ - ०५ | बुधबार

प्रधानन्यायाधीश जबराको सम्पति शुद्धीकरण

प्रधानन्यायाधीश जबराको परिवारको सम्पति छानबिनका लागि अनुसन्धान अधिकृत तोक्ने 

लेक्स नेपाल  |
पुष १२, २०७८
420 Shares

पुष १२, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पतिको छानबिनका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभागले अधिकृत सहितको टोली खटाउने भएको छ ।  

प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी परेको छ, उजुरीमाथि छानबिन सुरू भएको छ, विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईका अनुसार अनुसन्धान अधिकृत तोकेर छानबिन गर्ने तयारी भैरहेको बताए । 

पदमा रहुञ्जेल जबराको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले अनुसन्धान गरिने भट्टराईले बताएका छन् । 

विभागमा आइतबार दर्ता गराइएको उजुरीमा प्रधानन्यायाधीश विशेष अदालतको न्यायाधीश हुँदा राणाले अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा (क्षेत्री) मार्फत् २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कित्ता नम्बर ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको पनि उजुरीमा दाबी गरिएको छ। 

प्रधानन्यायाधीश जबराको परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा लगाइएको छ। उहाँको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्ने, अनुसन्धानले जे देखाउँछ सोही अनुसार अघि बढ्ने भएको छ ।,

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८