पुष २८ काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज बृहत विरोध प्रर्दशन गरेको छ ।
आज बुधबार प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसिएन, सर्वोच्च अदालत, बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।
उक्त प्रर्दाशनमा अधिवक्ता शर्माले भने, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हो । र न्यायलयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो । हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ । जबसम्म चोलेन्द्र शम्शेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ । न्यायालयमा गति प्रदान गर्न र न्यायलय स्वच्छ बनाउन नेपाल बारले आन्दोलन गरेको छ ।’
त्यस्तै अधिवक्ता सिंखडाले भने, ‘यो आन्दोलन लगभग साढे २ महिनायता निरन्तर चलिरहेको छ । न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नका लागि, निरुत्साहित पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो । नेपाल बारको आन्दोलनले केही उपलब्धी हासिल गरिसकेको छ ।’