२०७८ - माघ - ०५ | बुधबार

अनुसन्धान विभागमा उजुरी

प्रधानन्यायाधीश जबराको सम्पति छानबिन गर्न अनुसन्धान विभागमा उजुरी 

लेक्स नेपाल  |
पुष ११, २०७८
498 Shares

पुष ११, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सम्पति शुद्धीकरणमा अनुसन्धान विभागमा उजुरी परेको छ । प्रधानन्यायाधीशको सम्पति अनुसन्धानका लागि बृहत नागरिक आन्दोलनको तर्फ बाट प्रा .डा . गोविन्द केसिले सम्पति शुद्धीकरण विभागमा उक्त उजुरी दिएका हुन् । 

विभागमा आइतबार दर्ता गराइएको उजुरीमा राणाको सम्पत्ति खोजबिन गरी त्यसमाथि अनुसन्धान गर्न माग गरिएको छ। प्रधानन्यायाधीश राणाले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा लगाइएको छ। 

उजुरीमा लेखिएको  छ चोलेन्द्र शमशेर आफु  विशेष अदालतको न्यायाधीश हुँदा राणाले अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा ९क्षेत्री० मार्फत् २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कित्ता नम्बर ११० को बहुमूल्य जग्गा ९हाल करिब ४० करोड भनिएको० मा लगानी गरेको पनि उजुरीमा दाबी गरिएको छ। 

सर्वोच्च अदालतकै न्यायाधीशहरुले समेत प्रधानन्यायाधीश जबराविरुद्ध मुद्दाको पेसी तोक्दा नियत राखेको लगायत आरोप लगाएका छन् भने नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै सर्वोच्च परिसर भित्र प्रर्दशन गर्दै आएका छन्।

उजुरी 


 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८