पुष १८, काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजिनामा नदिए सम्म बारको आन्दोलन जारी रहने बताएका छन् । आज नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुले गरेको विरोध प्रर्दशनमा प्रधानन्यायाधीश जबराले शीघ्र राजिनामा दिनु पर्ने बताएका हुन् ।
विरोध प्रदर्शनका क्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाएका छन् । उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए ।
अध्यक्ष श्रेष्ठले भन्नुभो राष्ट्रिय सम्मेलन न्यापालिकाको सुधार र न्यापालिकाको सुधारको लागि बाधकको रुपमा रहेका जति छन् उनीहरुको बिरुद्धमा आन्दोन हुन्छ । न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा जुन बाधा भइरहेको छ, त्यो बाधा हटाउँदै अघि बढ्ने पनि उक्त कार्यक्रमका बताउनु भएको हो ।
उनले भने ‘‘भ्रष्टाचार रोक्नका लागि तयार छैनन्, विसंगति रोक्नका लागि तयार छैनन्, बरु झाँगिन तयार भएको हुनाले राजीनामाको साथसाथै संविधान, कानून र नैतिकताको आधारमा उनलाई बहिर्गमन गराउनको लागि हामीले धेरै पहल गरिरहेक” बताउदै न्यायालयमा सुधार नभए सम्म आन्दोलन जारी राख्ने पनि बताए ।