२०७९ - जेष्ठ - ०२ | सोमबार

प्रधानन्यायाधीश राजिनामा प्रकरण

प्रधानन्यायाधीश विरुद्धको रिठ सर्वोच्चले गरिदियो दरपीठ 

लेक्स नेपाल  |
माघ ०२, २०७८
754 Shares

माघ २, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको दायर रिठ सर्वोच्चले दरपीठ गरेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका हुन् । 

निवेदकले निवेदनमा जिकिर लिएको विषय यस अदालतको अधिकारक्षेत्रभित्र नपर्ने भएकाले अधिकार क्षेत्र नै नभएको विषयमा लिई आएको प्रस्तुत निवेदन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन, पन्थीले जारी गरेको आदेशमा भनिएको छ, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम १८ बमोजिम दरपीठ गरिदिएको छ ।

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै ती आरोपहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरेका थिए ।

प्रधानन्यायाधीश जबराले न्यायालयमा  विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएका प्रतिवेदन समेत कार्यान्वयन नगरी सुधारका कार्यमा बाधा समेत बारले दाबी गरेको छ ।


 

लेक्स नेपाल

थप समाचार