पुष १६ काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पति छानबिन गर्न अनुसन्धान विभागमा उजुरी परेको छ ।
न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो ।
अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।
यस अघि प्रधानन्यायाधीशको सम्पति अनुसन्धानका लागि बृहत नागरिक आन्दोलनको तर्फ बाट प्रा. डा. गोविन्द केसिले सम्पति शुद्धीकरण विभागमा उजुरी दिएका थिए ।