२०७८ - आश्विन - ०६ | बुधबार

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी 

लेक्स नेपाल  |
भाद्र ०२, २०७८
356 Shares

भदौ २, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। 

सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो ।

नेकपा एमाले विभाजनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने अध्यादेश जारी हुनासाथ नयाँ दल दर्ता गराएका छन् । उता जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले पनि नयाँ दल दर्ता गर्ने तयारी गरेका छन्। उनीहरू अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ निर्वाचनमा आयोगमा गएर दल दर्ता गर्न लागेको एक नेताले जानकारी दिए। 

यस अघि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या भएमात्र नयाँ दल गठन गर्न मिल्ने व्यवस्था रहेको थियो । 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८