चैत्र १५, काठकाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन् ।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका श्रेष्ठलाई राष्ट्रपतिले आज नियुक्त गरेकी हुन् ।
मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।
गत २६ फागुनमा बसेको न्यायपरिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यो पनि पढ्नुहोस्