माघ ४, काठमाडौँ । सर्वोच्च अदालतले दिदै आएका विभिन्न सेवाहरु भोलि बुधबार देखि दुई हप्ता सम्म (माघ १८ गते सम्म) सेवा कटौती गर्ने भएको छ ।
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन लगाएतका विभिन्न भेरियन्टका कारण बिषम् र असहज परिस्थिति भएको, न्यायाधिश, मुख्य रजिष्ट्रार लगाएत हालसम्म ३१ जनामा कोरोना संक्रमण देखिइएकाले अदालतमा हुने उपस्थिति र भीडभाड लाई आवश्यक व्यवस्थापन गरी संक्रमणलाई न्यूनीकरण गर्नका लागि सर्वोच्चले उक्त विज्ञप्ती जारी गरेको हो ।
बुधबार देखि सर्वोच्च अदालतमा सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड(१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ ।
मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ । अरु थुनुवा भएका मुद्दाको पनि सुनुवाइ हुने भएको छ ।
यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ ।मुद्दारनिवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ ।
उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।
सर्वोच्चको विज्ञप्तीः