२०७८ - माघ - ०५ | बुधबार

सर्वोच्चको फैसला

‘सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ’ – सर्वोच्च

लेक्स नेपाल  |
चैत्र ३०, २०७७
896 Shares

३० चैत, काठमाडौं । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्ले गरेको सिफारिस विरुद्ध सर्वोच्चमा परेको रिटलाई सर्वोच्चले खारेज गरिदिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा सर्वोच्चले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको हो । वरिष्ठ अधिवक्ता भण्डारी सर्वोच्चको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको दाबी गर्दै न्याय परिषद्को निर्णयलाई चुनौति दिएका थिए ।  

 

सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो । संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्नेछ ।

 

तर सुवेदीले राजपत्रांकित प्रथम श्रेणीको पदमा १० वर्ष ४ महिना १८ दिनमात्र काम गरेका थिए । त्यसपछि उनी उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए । उच्च अदालतको मुख्य न्यायाधीश भई उनले ३ वर्ष २ महिना ३ दिन काम गरेका थिए ।

 

सर्वोच्चले मुख्य न्यायाधीश पदलाई पनि राजपत्रांकित प्रथम श्रेणी वा त्यो भन्दा माथिल्लो पद मानी सुवेदीको योग्यता पुगेको फैसला सुनाएको हो ।

 

 

 

 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८