२०७८ - असार - १० | बिहीबार

वरिष्ठ अधिवक्ता उपाधिमा ढिलाई

सर्वोच्चलाई बारको प्रश्न – वरिष्ठ अधिवक्ताको उपाधि दिनमा किन ढिलाई ?

लेक्स नेपाल  |
बैशाख १३, २०७८
476 Shares

कानुन व्यववासीको छाता संगठन नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ताको उपाधि दिन किन ढिलाई गरेको भनेर सर्वोच्चलाई प्रश्न गरेको छ । आईतबार बारले वरिष्ठ अधिवक्ताको उपाधि दिने सन्दर्भमा सर्वोच्च अदालतबाट लामो समयसम्म निर्णय नभएकाले सर्वोच्च अदालतको वरिष्ठ अधिवक्ता उपाधि सिफारिस समितिलाई यथाशिघ्र निर्णय गर्न निवदेन दिएको हो । 

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम सर्वोच्च अदालतबाट प्रदान गरिने वरिष्ठ अधिवक्ताको उपाधि सम्बन्धमा २०७७ मा मापदण्ड जारी गरेको थियो । सोही मापदण्ड अनुसार योग्यता पुगेका कानुन व्यवसायी अधिवक्ताहरुले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नका लागि गत कार्तिक÷मङ्सिर महिनामा विवरण बुझाएका थिए । 

तर विवरण बुझाएको ६ महिना बढी हुँदा समेत सर्वोच्चबाट कुनै निर्णय नभएपछि बारले प्रश्न उठाएको हो । 

यसअघि सर्वोच्चको ‘फुल कोर्ट’को तजबिजी अधिकारमा अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिँदै आएकोमा मापदण्ड नै तोकेर उपाधि ग्रहण गर्न चाहने सम्बन्धित अधिवक्ताले मापदण्ड पु¥याएर निवेदन दिन लगाइएको हो । तर उपाधि जस्तो कुरापनि मागेर लिने हो र ? भन्ने आलोचना न्यायिक वृत्तमा भइ रहेको छ । 

यसअघि तत्कालिन प्रधान न्यायाधीश गोपाल पराजुलीको पालामा वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको भएपनि त्यसयता वरिष्ठ अधिवक्ताको उपाधि प्रदान नगरेको करिब ३ वर्ष भएको छ । प्रधानन्यायाधीश पराजुलीका पालामा दिइएकोृ वरिष्ठ अधिवक्ताको उपाधि विवादित बनेपछि सर्वोच्चले पहिलो पटक मापदण्ड बनाएर वरिष्ठ अधिवक्ताको उपाधि दिन लागेको हो । 

लेक्स नेपाल

थप समाचार