२०७८ - कार्तिक - ०१ | सोमबार

संसद् विघटन प्रक्ररण

संसद् विघटनमा संविधानका न्युनतम आधार पनि टेकिएन : अधिवक्ता घिमिरे (भिडियो सहित)

लेक्स नेपाल  |
जेष्ठ ०८, २०७८
672 Shares

अधिवक्ता सरोजकृष्ण घिमिरेले संसद् विघटनमा संविधानका न्युनतम आधार पनि नटेकिएको बताएका छन् । लेक्स नेपालको कार्यक्रम ‘ल टक’ मा कुरा गर्दै उनले अहिलेको संसद् विघटन यसअघिको भन्दा झन् बढी आधारहिन भएको बताएका हुन् । 

अधिवक्ता घिमिरेले राष्ट्रपति र प्रधानमन्त्रीकै तहबाट संविधानका न्युनतम मान्यता र प्रावधानहरुलाई लत्याइएको बताएका छन् । 

त्यस्तै संसद् विघटनसम्बन्धी यसअघिको मुद्धामा पर्याप्त कारण उल्लेख गरिएकोमा त्यसलाई वेवास्ता गरिएको अधिवक्ता घिमिरेको आरोप छ । ‘अहिलेको संसद् विघटनलाई यसअघिको संसद् विघटनबाट अलग्याएर हेर्न मिल्दै र कुन अवस्थामा संसद् विघटन गर्न मिल्छ भन्ने आधारहरु यसअघिकै फैसलामा उल्लेख भइसकेकाले राष्ट्रपति र प्रधानमन्त्रीले यसअघिको फैसला नै कार्यान्वयनमा नल्याएकाले उनीहरुविरुद्ध अदालतको फैसलाको अवहेलना विरुद्ध मुद्धा लाग्छ’ अधिवक्ता घिमिरेको भनाइ छ । 

हेर्नुहोस पूरा भिडियो ...

 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८