२०७८ - असार - १० | बिहीबार

संसद् विघटन प्रकरण

संसद विघटन मुद्दामा सर्वोच्चले दियो कारण देखाउ आदेश, असार ९ देखि निरन्तर सुनुवाइ

लेक्स नेपाल  |
जेष्ठ २६, २०७८
432 Shares

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले विपक्षीलाई असार ८ गतेसम्म लिखित जवाफ पेश गर्न  म्याद दिएको छ । विघटनविरुद्धको मुद्दामा  असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

रिट निवेदक तर्फका कानुन व्यवसायीले अन्तरिमा आदेशको माग गरेपनि सर्वोच्चले भने अन्तरिम आदेश दिएन । प्रतिनिधिसभाका १४६ सांसदले धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न, प्रतिनिधिसधा विघटन बदर गर्न, निर्वाचन कार्यक्रम अगाडि नबढाउन अन्तरिम आदेश माग गर्दै दिएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो ।

सर्वोच्चले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ ।
 

लेक्स नेपाल

थप समाचार