२०७९ - जेष्ठ - ०२ | सोमबार

दलहरूलाई निर्वाचन आयोगको १७ बुँदे निर्देशन 

स्थानीय चुनावमा सहभागि हुने दलहरूलाई निर्वाचन आयोगको १७ बुँदे निर्देशन 

लेक्स नेपाल  |
चैत्र १६, २०७८
468 Shares

चैत्र १६, काठमाडौँ । निर्वाचन आयोगले बैशाख ३० गते हुने  स्थानीय तहको निर्वाचनमा सहभागि हुने राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरेको छ । 

निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ मा व्यवस्थाअनुरूप आयोगले उक्त निर्देशन जारी गरेको हो ।

संविधानको धारा ४७ को मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्था समेतलाई स्मरण गरी स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।

आयोगले विसं २०७४ मा १७५ दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै नपरेको कारणबाट उक्त पद रिक्त भएको विषयलाई गम्भीरतापूर्वक लिई प्रचलित कानुन बमोजिम सम्पूर्ण वडामा दलित महिलाको उम्मेदवारी हुने व्यवस्थाका लागि आवश्यक पहल गर्ने सुझाव दिएको छ । 

राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिने आयोगले बताएको छ । 
 

लेक्स नेपाल

थप समाचार