२०७८ - आश्विन - ०६ | बुधबार

कानुनी शिक्षा सुधारमा पनि जोड दिँदै

स्थापनाको २८ वर्षपछि बार काउन्सिलले सार्वजनिक गर्यो रणनीतिक योजना

लेक्स नेपाल  |
असार ३१, २०७८
1k Shares

नेपाल कानुन व्यवसायी परिषद् स्थापना भएको २८ वर्षपछि पहिलो पटक पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गर्दै प्रकाशित भएको छ । उन्नाइस हजार वकिलको भाग्य र भविष्यसँग जोडिएको बहुप्रतिष्ठित रणनितिक योजनामा ६ वटा मुख्य लक्ष्य लिईएको छ । लक्ष्यहरुमा कानुन व्यवसायीको अध्ययन अनुसन्धान, आचारसंहिताको कार्यान्वयन, व्यवसायीहरुको वृद्धि विकास र कानुनी शिक्षा योजनाहरु रहेका छन् । 
यसको लक्ष्यहरूमाः–
(१) पहिलो लक्ष्य :– गुणात्मक कानुन शिक्षा हो ।  गुणात्मक कानुन शिक्षाको लागि कानुन शिक्षा पढाइ हुने विश्व विद्यालयहरूको परामर्शमा पाठ्यक्रमको मापदण्ड तयार गर्ने, यसको लागि विश्व विद्यालयहरूलाई सहयोग र समन्वयकारी भूमिका खेल्ने रहेको छ । 
(२) दोस्रो लक्ष्यमा :– १९ हजार कानुन व्यवसायीहरूलाई निरन्तर तालिम प्रदान गर्नLawyers Academy स्थापना गर्ने, कानुन व्यवसायीको नयाँ ब्यबसायिक क्षेत्र पहिचान गर्ने रहेको छ । 
(३) तेस्रो :– Legal Clinical Education मार्फत अभ्यास अदालत स्थापना गरी कार्यान्वयन गर्ने रहेको छ ।
(४) चौथो :– सबै कानुन व्यवसायीलाई अध्ययन अनुसन्धानमा सरिक गराइनेछ । 
(५) पाचौँ :– सामूहिक विमा र बृती  बिकासमा सहयोग गर्ने रहेको छ ।
(६) छैटौँ :– आचार संहिता कडाइका साथ लागू गरी सक्षम तथा मर्यादित कानुन व्यवसायी र कानुन ब्यवसाय मार्फत सक्षम न्याय प्रणाली र सक्षम न्यायपालिकाको संस्थागत विकासमा सहयोग पु¥याउन पहल गर्ने रहेको छ । 
यो रणनितिक योजना २०७८ साल श्रावण १ गते देखि लागू हुने भएको नेपाल कानुन व्यवसायी परिषद्का पार्षद् प्रकाश पाण्डेले जानकारी गराए ।

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८