२०७९ - जेष्ठ - ०२ | सोमबार

कारण देखाउ आदेश जारी

संवैधानिक नियुक्ति विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी 

लेक्स नेपाल  |
चैत्र ०९, २०७८
546 Shares

चैत्र ९, काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो । 

संवैधानिक आयोगहरूमा नियुक्ति विरुद्धका मुद्दाको गत शुक्रबारदेखि सुनुवाइ थालेको थियो । उक्त रिटमाथि शुक्रबार सुनुवाइ नसकिएकाले बुधबार सुनुवाइ हुने गरि हेर्दा हेर्दैमा राखिएको थियो । 

केपी ओली सरकारले विभिन्न आयोग का प्रमुख तथा पदाधिकारी नियुक्त गरेको थियो । उक्त नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।
 

लेक्स नेपाल

थप समाचार