२०७९ - जेष्ठ - ०२ | सोमबार

संवैधानिक नियुक्ति विरुद्ध परेको रिटमा सुनुवाइ सकियो 

संवैधानिक नियुक्ति विरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ सकियो 

लेक्स नेपाल  |
चैत्र ०९, २०७८
658 Shares

चैत्र ९, काठमाडौँ । संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट बुधबारको संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भिक सकिएको छ । उक्त रिटमाथि बुधबार सुनुवाइ सकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको हो । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले शुक्रबारदेखि सुनुवाइ थालेको थियो ।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ नसकिएकाले हेर्दा हेर्दैमा राखिएको थियो । अब रिटमा अन्तरिम आदेश हुने/नहुने वा कारण देखाऊ आदेश हुने भएको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो त्यसमा सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो । नागरिकता अध्यादेशको विरोधमा त्यतिबेला फरक फरक ६ वटा मुद्दा परेका थिए । 

उक्त अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टा छुट्टै रिट परेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको थियो ।
 

लेक्स नेपाल

थप समाचार