२०७८ - मंसिर - १२ | आईतवार

सुरू पेशी तोक्ने दिन र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा बिदा बस्ने

संवैधानिक परिषद्को अध्ययादेशमा प्रधानन्यायाधीश संवैधानिक इजलासबाट बाहिरिने

लेक्स नेपाल  |
भाद्र ११, २०७८
666 Shares

भदौ ११, काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र उक्त अध्यादेश अनुसार भएका नियुक्तिविरूद्ध परेका रिटमाथि सुरू पेशी तोक्ने दिन र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा बिदा बस्ने भएका छन्। संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए । प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिने भएका हुन् । 

संविधान बमोजिम संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश रहने भएकाले पेशी तोक्ने र फैसला हुने दिन राणा सर्वोच्च अदालतमा अनुपस्थित हुनेछन् । संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।

आज संवैधानिक परिषदको अध्यादेश र उक्त अध्यादेश अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरूद्धका रिटमा पहिलो सुनुवाइ थियो। यी विषयमा परेका अरू पनि रिट एकैसाथ राखेर हेरिएको छ। 

रिट निवेदकमध्ये ओम प्रकाश अर्याललाई बेन्चमा बोलाएर अघि नै प्रधानन्यायायधीशले पनि रिटको पेशी तोक्दा र अन्तिम सुनुवाइमा आफू अनुपस्थित हुने बताएका थिए। 

गएको पुस १ गते र त्यसपछि पनि अर्यालले दिएका २ वटा पुरक निवेदनमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि विपक्षी बनाइएको छ।

आफैं विपक्षी हुने र आफैंले सुनुवाइ गर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्तविरूद्ध हुने भन्दै रिट निवेदकहरूले प्रश्न उठाएका थिए । ९ महिना अघि परेको रिटमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले पहिलो सुनुवाइ शुक्रबारदेखि थालेको हो। 

लेक्स नेपाल

थप समाचार