चैत्र ४, काठमाडौँ । संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट बुधबारको इजलासमा सुनुवाइ हुने भएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला नियुक्त भएका संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएकाले उक्त रिट आगामी बुधबार सुनुवाइ हुने भएको हो ।
संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए ।