२०७८ - मंसिर - १२ | आईतवार

कानुन पुस्तक

दैनिक व्यवहारका लागि उपयोगी पुस्तक

लेक्स नेपाल  |
बैशाख ०१, २०७८
1k Shares

नेपाल ल क्याम्पस काठमाडौँका सहप्राध्यापक तथा सर्वोच्च अदालत बार काठमाडौँका वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलद्वारा लिखित `दैनिक जीवनमा आवश्यक पर्ने कानुन´ नामक पुस्तक सद्यः प्रकाशनमा आएको छ । पुस्तक अध्ययन गर्दा शर्माले धेरै वर्ष प्राध्यापन गर्दाका अनुभव र खासगरी अधिवक्ताका रूपमा काम गर्दा देखेर, भोगेर र सुनेर प्राप्त गरेका अनुभवका आधारमा यो कृति तयार पारेका हुन् भन्ने बुझिन्छ ।

सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवबाट निःसृत भएका कारण यसमा कोरा सैद्धान्तिक कुराभन्दा पनि दैनिक जीवनमा आवश्यक पर्ने कानुनको सरल र सुस्पष्ट व्याख्या गरिएको छ ।

पुस्तक तीन भाग र बाइस परिच्छेदमा विभाजित छ । भाग एक अन्तर्गत पारिवारिक, सामाजिक, लेनदेन व्यवहार र सम्पत्तिसम्बन्धी कानुनका बारेमा उल्लेख गरिएको छ भने भाग दुईमा आर्थिक, वाणिज्य, बैङ्क, सहकारी, कर र उपभोक्तासम्बन्धी कानुन समेटिएको छ । भाग तीनमा फौजदारी अपराध र सजायका बारेमा चर्चा गरिएको छ ।

लेक्स नेपाल

थप समाचार