माघ ३, काठमाडौँ । देशभरका अदालतहरूमा एकसय जनाभन्दा धेरैमा संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
आइतबार मात्रै सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनामा संक्रमण पुष्टी भएको थियो । सोमबारसम्म सर्वोच्च अदालतका थप ३ जनामा संक्रमण देखिएको छ ।
आज मात्रै उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवामा संकुचन कायम गरिएको रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताउनु भएको हो ।
कुल ८६ जना कर्मचारी रहेको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको छ ।
आज उच्च अदालत जनकपुरको वीरगञ्जमा कोरोना संक्रमितको विवरण