२०७८ - श्रावण - १८ | सोमबार

संसद् विघटन प्रकरण

देउवाको रिटमा ५ जनाको बहस सकियो, मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा

लेक्स नेपाल  |
असार ०९, २०७८
430 Shares

असार ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बुधबार ५ जनाको बहस सकिएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि बुधबार संवैधानिक इजलासको बहस सकिएको हो । उक्त मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका छन् । उनीहरुले बहसका क्रममा हालको संवैधानिक अवस्थाको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभउको जिकिर गरेका छन् ।

बहसका क्रममा कानुन व्यवसायीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ लाई कार्यान्वयनमै आउन नदिई असंवैधानिक रुपले संसद् विघटन गरेको आरोप लगाएका हुन् । 

संवैधानिक इजलासले निवेदकहरुलाई बहसका लागि १५ घन्टाको समय तोकेको छ । तर बुधबारकै बसहमा चार घन्टा व्यतित भयो । इजलासले तोकेअनुसार अब रिट निवेदकका तर्फका कानुन व्यवसायीलाई बहसका लागि ११ घन्टा मात्रै बाँकि रहेको छ तर रिट निवेदकका तर्फबाट भने २३६ कानुन व्यवसायीले वकालातनामा दर्ता गराएका छन् भने प्रधानमन्त्री ओलीका तर्फबाट ११६ जनाले वकालतनामा दर्ता गराएका छन् ।
 

लेक्स नेपाल

थप समाचार