पुष ३०,काठमाडौँ । उच्च अदालत जनकपुरको राजविराजका दुई जना तथा सप्तरी जिल्ला अदलतका एक जना न्यायाधीशलाई कोरोना पुष्टि भएको छ ।
जिल्ला अदालत सप्तरीका श्रेस्तेदार कुमार मास्केका अनुसार जिल्ला अदालतका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै उच्च अदालत जनकपुरको राजविराज इजलासका दुई जना न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।