२०७८ - माघ - ०५ | बुधबार

संसद् विघटन प्रकरण

विघटनको विषयमा नेपाल बारले विज्ञप्ती निकाली रहनुपर्ने आवश्यकता छैन (भिडियो सहित)

लेक्स नेपाल  |
जेष्ठ ०९, २०७८
1.7k Shares

नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले नेपाल बार एशोसिएशनले संसद् विघटनका विषयमा विज्ञप्ती निकाली रहनुनपर्ने बताएका छन् । लेक्स नेपालको कार्यक्रम ल टक मा बोल्दै उनले राष्ट्रपतिको कदमले संविधानको उल्लघंन नगरकोले बारको विज्ञप्ती आवश्यक नभएको बताएका हुन् । 

विपक्षी गठबन्धनबाट पछिल्लो समय राष्ट्रपतिले संविधानको उल्लंघन गरी संवैधानिक मुल्य मान्यताहरुलाई कुठाराघात पारिरहेको भनी आलोचना गर्दै आएका छन् । यो विषयमा बारको किन आधिकारिक प्रतिक्रिया नआएको भन्ने समेत आलोचना भइरहेको छ । सर्वोच्च अदालत बार एशोसिएशनबाट पनि संसद् विघटनप्रति कडा विमति जनाइरहेका बेला कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले भने कुनै प्रतिक्रिया दिएको छैन ।

तर उपाध्यक्ष भट्टराईले भने बारका सदस्य व्यक्तिगत रुपमा आफ्नो धारणा राख्न स्वतन्त्र रहेको भएपनि संस्थागत रुपमा विज्ञप्ती निकाली रहनुपर्ने आवश्यकता नरहेको बताएका हुन् । यस अघिको प्रधानमन्त्री केपी शर्मा ओलीको विघटनको कदममा पनि बार एशोसिएशनबाट दुई दुई वटा विज्ञप्ती आउँदा यसको चर्को आलोचना भएको थियो । 

हेर्नुहोस् पूरा भिडियो ...

 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८