२०७८ - बैशाख - २३ | बिहीबार

न्यायिक व्यक्तित्व

वकालतका गुरु– कृष्णप्रसाद भण्डारी

यज्ञराज पाण्डे  |
बैशाख ०१, २०७८
35 Shares

वि.स. २००५ सालको कुरा हो । राणा शासन विरुद्ध नेपालमा विशाल आन्दोलन भइ रहेको थियो । यसैबीच रौतहटमा एक जना युवकको नेतृत्वमा किसान परिवारमा तमसुकहरु च्यातिँदै थिए । आफ्नै घरबाट चानचुन अढाइ लाखको तमसुक च्यातेर ती युवकले अन्य साथीहरुको सहयोगमा तमसुक फट्टा आन्दोलनलाई उत्कर्षमा पु¥याए । जसको ‘जोत उसको पोत’ भन्ने उक्त आन्दोलनको उपलब्धि भनेकै तमसुक च्यातिएका परिवारहरुले सम्पति नरहने भएपछि आफ्ना सन्तानलाई शिक्षा दिन थाले । २००७ सालको क्रान्तिमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै ती युवकले रौतहट क्षेत्रका गाउँगाउँमा घुमि ३२ वटा प्राथमिक विद्यालयको स्थापना गराउँदै तिनलाई व्यवस्थित गर्ने काम गरे । गाउँमै छँदा विभिन्न झै–झगडा मुद्या मामिलामा वकालत गर्दै हिँड्ने ती युवक २०११ सालमा काठमाडौँ प्रवेश गरे र १२ सालमा नेपाल ल कलेजको पहिलो ब्याचको विद्यार्थी बनी १३ सालमा बि.एल. उत्तीर्ण गरे । १४ सालमा त अधिवक्ताको लाइसेन्स नै लिइ औपचारिक वकालतको आरम्भ गरेपछि नेपालका ठूल्ठूला मुद्यामा प्रभावकारी वहस पैरवी गर्दै नेपाली न्याय जगत्का वरिष्ठतम वरिष्ठ अधिवक्ता कहलिएका देशकै अग्रज वकिल हुन् कृष्णप्रसाद भणडारी । 

कुनैपनि मुद्यामा गहिरो अध्ययन, वहसमा सान्दर्भिक कानुनको व्यापक प्रयोग, पैरवी गर्दा पैसाभन्दा माथि उठेर पेशाको मर्यादा कायम राख्दै भ्रष्टाचाररहित समाजको निर्माणमा अतुलनिय योगदान पु¥याएबापत् न्यायव्यावसायीहरुका गुरुदेव बनेका छन् उनी । मिजासिलो आचरण, समकक्षीसँगको भद्र व्यवहार, अन्यायका विरुद्ध पीडितलाई यथाशाक्य न्याय दिलाउने भरमग्दुर प्रयास गर्ने कृष्णप्रसाद भण्डारीलाई यी र यस्तै मानवीय व्यवहारले लोकप्रिय बनाएको छ । अदालतमा उ्रच्चकोटीको वहस पैरवी गरी न्यायिक भ्रष्टाचार विरुद्धको आवाज बुलन्द पार्ने भण्डारीलाई समकक्षीबीच सबैभन्दा बढी लोकप्रिय बनाएको छ । नेपाली बाम राजनीतिमा संलग्न भइ जनताको स्वतन्त्रका लागि पु¥याएको योगदान र वकालतमा गरिब निमूखालाई हक अधिकार दिलाउन पु¥याएको सहयोगले उनलाई साँच्चै देशको उच्च वकिलको दर्जा दिलाएको छ, साँचो अर्थमा कृष्णप्रसाद भण्डारीलाई न्यायजगत्का नक्षत्रको पहिचान दिलाएको छ । 

कृष्ण प्रसाद भण्डारीले आफ्नो वकालतको यात्रामा सयौँ चर्चित मुद्याहरु लडेका छन् । धेरै जसो मुद्याहरुमा जितेका छन् त कतिपय मुद्याहरुमा पराजित समेत भोग्नु परेको छ । तर वकालती पेशामा रहुन्जेल व्यवसाय प्रतिको इमान्दारितालाई उनले कहिल्यै पनि अवमुल्यन गरेनन् । उनले त्यसबेलामा वकालत सुरु गरे जुन बेलामा नेपालमा वलिकहरु नै हुँदैनथे । आफू मात्र न्यायजगत्मा संंंलग्न नभई नयाँ नयाँ विद्वान वकिलहरु उत्पादन गर्ने उद्देश्यले नेपालको पहिलो ल फर्म ‘नेपाल ल फर्म’ को स्थापना गरे उनले । 

नेपाल ल फर्म नेपालका सम्पूर्ण कानुन व्यवसायीहरुलाई कानुन सम्बन्धि ज्ञान हासिल गर्ने र सिक्ने थलोको रुपमा स्थापना भएको थियो जसले कानुनजगत्का प्रतिष्ठित व्यक्तिहरु उत्पादन गरेको छ ।

आउनुहोस् उनले वकालत गरेका बहुचर्चित मुद्यामा पनि एक नजर लगाऔँ । बहस त कानुन नपढ्दै सुरु गरेका थिए गाउँघरमा सामान्य मुद्याहरुमा । तर औपचारिक रुपमा भने २०१४ साल बैशाख ३० गते अधिवक्ताको लाइसेन्स लिएर वकालतको सुरुवात गरे । बिपी कोइरालाको मुद्या, रामराजा प्रसाद सिँहको मुद्या, के.आइ.सिँहको मुद्या, ने.वि.सँघलाई लगाइएको प्रतिबन्ध सम्बन्धि मुद्या, कर्ण हेजु काण्ड लगाएतका मुद्याहरु उनले वकालत गरेका मुख्य मुद्याका रुपमा पर्दछन् । पैसाको पर्वाह नै नगरी न्याय र निष्ठाका लागि अहोरात्र खटिएका छन् उनी । प्रजातन्त्रको पक्षमा आवाज उठाउने राजनीतिज्ञहरुलाई जेलमा बन्दी बनाउँदा उनीहरुलाई खाना र लुगाफट्टा उपलब्ध गराउन लागी पर्ने पहिलो व्यक्ति हुन् । तसर्थ राजनीतिक बन्दीलाई समेत सहयोग गर्नुमा उनको प्रमुख भूमिका रहेको छ । यतिमात्र नभइ न्यायिक भ्रष्टाचारका विरुद्ध पहिलो पटक आवाज उठाउने वकिल पनि कृष्ण प्रसाद भण्डारी हुन् ।

उनको बहस गर्ने तरिका निकै उच्च कोटीको छ । वकिलहरुसँग हरेक कानुनी समस्याहरुको समाधान हुनुपर्छ भन्दै जस्तोसुकै विषयमा पनि वकालत गर्न सक्ने बन्न आफूले गहिरो अध्ययन गरेका छन् उनले । आफू स्वयम् मात्र अध्ययनशील नभइ सम्पूर्ण कानुन व्यवसायीहरु नै अध्ययनशील बनेर न्याय जगतलाई नै सुधार गर्नुपर्छ भन्ने मानसिकता राखी यसतर्फ क्रियाशील भइ लाग्ने निष्ठावान् वकिल हुन् उनी । 

९६ वर्षका भए कृष्ण प्रसाद भण्डारी । यो बुढो उमेरमा पनि तन्दुरुस्त भएर कार्यरत छन् उनी आफ्नो पेशामा । यो उमेरमा पनि युवा जोश जाँगरका साथ अदालतमा बहस गर्नु सामान्य मानिसका लागि अकल्पनिय कुरा हो । न्यायाधीशहरु पैँसठ्ठी वर्षको उमेरमा अवकाश पाउँछन् । तर उनी त अँहँ अँझैपनि थाकेका छैनन् । निरन्तर लागि रहेका छन् आफ्नो कर्ममा । 

वि.सं. १९८४ साल जेठ २६ गते रौतहटको कुडवारामचन्द गाउँमा पिता पशुपति भण्डारी र माता चन्द्रकला भण्डारीको कोखबाट कृष्ण प्रसाद भण्डारीको जन्म भयो । बुवा विद्वान आचार्य भएकाले उनीपनि सानै उमेरदेखि पढ्ने र परोपकारी कार्यमा संलग्न हुने गर्दथे । 

उनले कानुन अध्ययन गर्दा भर्खरै मात्र नेपाल ल कलेजको स्थापना भएको थियो । आफू अब्बल विद्यार्थी भएकाले कलेजमा शिक्षकहरुबाट राम्रो सहयोग पाएका थिए भने साथीहरु बीच आफ्नो ज्ञान र प्रभावकारी प्रस्तुतिबाट लोकप्रियता कमाएका थिए । झगडियाका जस्तासुकै मुद्यालाई सहज समाधान गर्नसक्ने क्षमता भएकाले कृष्णप्रसाद भण्डारीप्रति उनीहरुमा विद्वान वकिलको छवी त छँदै नै थियो । 

देशकै विद्वान वकिलहरुको उत्पादनस्थल नेपाल ल कलेज ं(हालको नेपाल ल क्याम्पस)को स्थापना गराउनमा अतुलनीय योगदान पु¥याएका छन् कृष्ण प्रसाद भण्डारीले । त्यसबेला नेपाल ल क्याम्पसको पहिलो प्रधानाध्यापक रामराज पन्तलाई हाल भृकृटीमण्डपमा भएको जग्गा ल कलेजका लागि उपलब्ध गराउन उनले पनि ठूलो भूमिका खेलेका थिए । केही समयका लागि त ल क्याम्पसमा अध्यापन पनि गराए तर पछि वाम आन्दोलनमा सक्रिय हुँदै गएपछि उनले पढाउन समय नमिलेकाले अध्यापन छोडेर पूर्ण रुपमा वकालतमा लागेका हुन् । 

कृष्ण प्रसाद भण्डारीले कानुनमा पु¥याएको योगदान बापत् थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेका छन् । नेपाल बार एशोसियशनको दुई-दुई कार्यकालसम्म अध्ययक्ष रहेर यसको सुधारमा निरन्तर योगदान पु¥याए उनले । 

साँच्चै नै बार र कानुन व्यवसाय, स्वतन्त्र न्यायपालिका तथा कानुनीराज एवम् प्रजातन्त्र र मानव अधिकारको निम्ति अविष्मरणीय योगदान पु¥याउने कृष्ण प्रसाद भण्डारी यो देशका अग्रज वकिल हुन् । नीपाली कानुन जगतका अथक यात्री हुन् । उनका कार्यले समाजलाई योगदान पु¥याइ रहोस् । निर्माण होस् विधिको शासन । 

यज्ञराज पाण्डे


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८